शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

नवनियुक्त परराष्ट्र मन्त्री खड्काले एमसीसीबारे भने - सबैको सहमतिमा मात्र अगाडि बढ्छ

बुधबार, असोज ६ २०७८
नवनियुक्त परराष्ट्र मन्त्री खड्काले एमसीसीबारे भने - सबैको सहमतिमा मात्र अगाडि बढ्छ

नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्काले सबैको सहमतिमा एमसीसीको विषय अगाडि बढ्ने बताएका छन्।

काठमाडौं- नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्काले सबैको सहमतिमा एमसीसीको विषय अगाडि बढ्ने बताएका छन्।

मन्त्री खड्काले यस विषयमा अहिले आइरहको तथ्यगत विषय र मिथ्या विषयमा अध्ययन गरेर मात्रै आफूले सूचना आदन प्रदान गर्ने बताएका छन्। यो एउटा पार्टीको निर्णयबाट हुने विषय नभएको भन्दै खड्काले सबै राजनीति दलको सहमतिमा अगाडि बढ्ने बताए।

राष्ट्रिय हित, सुरक्षा र अर्थतन्त्रलाई जोडेर यो विषयमा निर्णय हुने उनको भनाइ छ।

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन्। 

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीहरू, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए।

 


प्रकाशित : बुधबार, असोज ६ २०७८०८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend