शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आज रातिदेखि नै उपत्यकामा मदिरा बेच्न र खान निषेध

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २७ २०७९
आज रातिदेखि नै उपत्यकामा मदिरा बेच्न र खान निषेध

मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै उनले मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको जानकारी दिए। 

ललितपुर- काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन्। ती कार्यालयले अलग अलग सूचना जारी गर्र्दै आज राति १२ बजेदेखि यही बैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका हुन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म ललितपुर जिल्लाभरि मदिरा बिक्री र खुलारूपमा सेवन नगर्न नगराउने सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए। जिल्लाका छवटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

भक्तपुर जिल्लामा पनि आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म कुनै पनि मदिरा बिक्री तथा सेवन निधेष गरेको प्रमुख जिल्ला अधिकारी रुद्रावेदी शर्माले जानकारी दिइन्। मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै उनले मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको जानकारी दिइन्। 

यसैगरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि आज मध्यरातिदेखि ३० गतेसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ।

निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भए पनि मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको भक्तपुरकी प्रजिअ शर्माले बताइन्। रासस


प्रकाशित : मंगलबार, वैशाख २७ २०७९०६:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend