शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

घट्यो सुनको मूल्य

मंगलबार, वैशाख २७ २०७९
घट्यो सुनको मूल्य

सुन सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबा भइरहेको छ। सुन सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार २ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर १ हजार २ सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख २७ २०७९०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend