शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

निगम व्यवस्थापनको चरम लापरबाही : बोर्डिङ पास नै हस्तलिखित

मंगलबार, वैशाख २७ २०७९
निगम व्यवस्थापनको चरम लापरबाही : बोर्डिङ पास नै हस्तलिखित

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यात्रुलाई हस्तलिखित बोर्डिङ पास दिन थालेको छ। एयरलाइन्सको उडानमार्फत यात्रा गर्ने यात्रुलाई हस्तलिखित बोर्डिङ पास दिन थालिनुले निगम व्यवस्थापनभित्रको लापरबाही देखिएको छ। 

विगतमा बोर्डिङ पास हस्तलिखित थिएन। व्यवस्थापनले प्यासेन्जर सर्भिस सिस्टम (पीएसएस)को नविकरण गर्न नसक्दा बोर्डिङ पास हस्तलिखित नै दिन सुरु भएको हो। विगतका व्यवस्थापनले गर्दै आएको पीएसएस अहिले नवीकरण नगर्दा बोर्डिङ पास हस्तलिखित भएको हो।

na ticket.jpg

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले पीएसएस नवीकरण गर्दा आर्थिक लाभ नपाउने अवस्था आएपछि नवीकरण नै नगरेको निगम स्रोतको भनाइ छ।

जसका कारण बोडिङ पास हस्तलिखित गर्नु परेको निगमका एक कर्मचारीले बताए। ‘सामान्य काममा पनि कमिसन खोज्दा आज बोर्डिङ पास पनि हस्तलिखित गर्नु परेको छ,’ निगम स्रोतले भन्यो, ‘यो निगम व्यवस्थापनभित्रको चरम लापरबाहीको एउटा उदाहरण हो। यसबाट निगमकै छविमा आँच आउने अवस्था आएको छ।’

निगमले अहिले अन्तर्राष्ट्रिय उडानमा ४ वटा जहाजमार्फत उडान गर्दै आएको छ। निगमले अहिले भारतको ३ वटा सहर, जापानको नारिता, साउदी अरेबिया, दुबई, कतार, मलेसिया, हङकङ र थाइल्यान्डमा उडान गर्दै आएको छ।


प्रकाशित : मंगलबार, वैशाख २७ २०७९०५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend