सोमबार, मंसिर १० गते २०८१    
images
images

नेपालमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न सहजीकरणका लागि परिसंघको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २६ २०७९
images
images
नेपालमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न सहजीकरणका लागि परिसंघको आग्रह

कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागि आफूले पहल गर्ने बताइन्।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका  लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ। 

images
images
images

नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको संभावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन परिसंघले आग्रह गरेको हो। परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि राजदूत भोल्कसमक्ष आग्रह गरेको छ। 

images

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे। ‘नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसरहरू छन्,’ उनले भने। उनले नेपाल र अष्ट्रेलियाबिचको मैत्रिपूर्ण सम्बन्धलाई झनै मजुबद बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिनुपर्ने बताए। 

images

कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागि आफूले पहल गर्ने बताइन्। उनले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि उल्लेख गरिन्। 

छलफलमा उपस्थित क्षेत्रगत विज्ञहरूले कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, जलविद्युत विकासमा रहेका अवसर, नेपालमा अष्ट्रेलियाको विश्वविद्यालयको उपस्थितिसहित गुणस्तरीय शिक्षाको विस्तारमा जोड दिए। यसैगरी नेपालमा सञ्चालित व्यवसायिक तालिमहरुलाई अष्ट्रेलियामा समेत मान्यता गराउनका लागि आवश्यक नीतिगत सहजीकरण हुनुपर्नेमा उनीहरूको जोड छ। 

छलफलमा परिसंघका उपाध्यक्ष राजबहादुर शाह, शिक्षा परिषदका सभापति द्विराज शर्मा, पर्यटन समिति सभापति पम्फा धमला, कृषि परिषद सभापति विकास दुगर, एफडिआई समिति सभापति साइबल घोस र परिसंघको एड्भाइजर्स काउन्सिलका सदस्य डा रामहरि लामिछाने एवं शिक्षा परिषदका सदस्यहरूको उपस्थिति थियो। 

अष्ट्रेलियाली दूतावासको तर्फबाट बरिष्ठ व्यापार तथा लगानी कमिसनर डा मोनिका केन्नेडी, रोशन पल, कन्सुलर ब्रेट गाल्ट स्मिथ र पोलिसी एड्भाइजर प्रिया राजाको उपस्थिति रहेको थियो। 


प्रकाशित : सोमबार, वैशाख २६ २०७९१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend