शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

पप्पु कन्स्ट्रक्सनलाई सवा ७ कराेड जरिवाना तिराउने विशेषको फैसला

सोमबार, वैशाख २६ २०७९
पप्पु कन्स्ट्रक्सनलाई सवा ७ कराेड जरिवाना तिराउने विशेषको फैसला

२०७४ को चुनावमा उनी पर्साबाट संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए।

काठमाडाैं- अदालतले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई ७ करोड २४ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ। विशेष अदालतका श्रीकान्त पौडेल, यमुना भट्टराई र सालिकराम कोइरालाको संयुक्त इजलासले उक्त फैसला गरेको हो। 

तीन वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला सुनाउँदै पप्पुका सञ्चालकलाई बिगो मागबमोजिम जरिवानामा तिराउने फैसला गरेको विशेष अदालतले जनाएको छ। 

बबई नदीमाथि पुल बनाउँदा त्यसको डिजाइनदेखि निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले २०७५ असोजमा मुद्दा दायर गरेको थियो। अदालतमा मुद्दा परेपछि हरिनारायण प्रतिनिधि सभा सांसदबाट निलम्बित भएका थिए। 

२०७४ को चुनावमा उनी पर्साबाट संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए। विशेष अदालतले सोही मुद्दामा मनोजकुमार श्रेष्ठ, भानु जोशी र राजेशकुमार यादवलाई ८ महिना कैद र २५ हजार जरिवाना तोकेको छ भने नवराज केसी र हरिबहादुर खड्कालाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

त्यसैगरि साेही मुद्दामा कर्मा तेन्जिङ तामाङलाई ४ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ  भने दीपेन्द्रबहादुर बिष्ट, प्रेमप्रसाद चुवाई, गोविन्द गैरे र कृष्णदेव यादवले  सफाइ पाएका छन्।


प्रकाशित : सोमबार, वैशाख २६ २०७९११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend