शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

राजस्व छली गरेको अभियोगमा दुई लेखापरीक्षकविरुद्ध १७ करोड बिगो दाबी गर्दै मुद्दा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २६ २०७९
राजस्व छली गरेको अभियोगमा दुई लेखापरीक्षकविरुद्ध १७ करोड बिगो दाबी गर्दै मुद्दा

आरोपी अन्तरा इन्टरनेशनलले ८ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ।

काठमाडौं- राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो। 

विभागले काठमाडौं महानगरपालिका-२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ।

विभागले १७ करोड ७ लाख ५५ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

आरोपी अन्तरा इन्टरनेशनलले ८ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ। विभागले आरोपी विरुद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो। 


प्रकाशित : सोमबार, वैशाख २६ २०७९११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend