शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

राष्ट्रिय परिचयपत्र छपाइ सुरु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २६ २०७९
राष्ट्रिय परिचयपत्र छपाइ सुरु

यो वर्ष भरिमा ५० लाख कार्ड छापेर वितरण गर्ने विभागले जानकारी दिएको छ। 

काठमाडौं-  पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले परिचयपत्र छपाइ कार्यको उद्घाटन गरेका हुन्। 

विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचय पत्रको कार्ड ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया सुरु गरेको महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिए। अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउनेक्रममा रहेको विभागले जनाएको छ। 

यो वर्ष भरिमा ५० लाख कार्ड छापेर वितरण गर्ने विभागले जानकारी दिएको छ। 

यो मेसिनले एक घण्टामा ११ कार्ड छाप्ने भएकाले परिचय पत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ । 
विभागले अहिलेसम्म परिचयपत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ । अभियानमार्फत ५६ लाख ५३ हजार २०९ र इकाईमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ ।
 
विभागले इलाम,  भोजपुर,  ताप्लेजुङ्ग, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ्ग, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पुर्व),  नवलपरासी  (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, मनाङ्ग, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्‍चनपुर डोटी, कैलाली  र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ । त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए। 

अहिले  सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रूपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको विभागले जानकारी दिएको छ। 


प्रकाशित : सोमबार, वैशाख २६ २०७९११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend