मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

आरुबारीमा सडकमै बन्यो पोखरी, आवागमनमा कठिनाइ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २६ २०७९
images
images
आरुबारीमा सडकमै बन्यो पोखरी, आवागमनमा कठिनाइ

ठूलो पानी पोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारीसमेत नभेटिँदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको गुनासो।

images
images

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका-९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ।

images
images

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो। बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गरिन्। 
 
सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उनले सुनाइन्। सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन्। राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिँदा समस्या भएको स्थानीयवासीको गुनासो थियो। स्थानीयवासी पासाङ शेर्पाले वर्षाको पानी जमेको वा पानी पोखरीमै चुहावट भएको भन्न नसकिने बताइन्।

images
images

ठूलो पानी पोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारीसमेत नभेटिँदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको उनको भनाइ थियो।

images
images
images

निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पानीपोखरीको चुहावट नभएको बताए। पानीपोखरी निर्माण भएपछि त्यसअघिको सडक कालोपत्र गर्न बाँकी रहेकाले पानी जमेको हुनसक्ने उनको ठम्याइ छ।

पोखरीमा वैशाख पहिलो सातादेखि पानी आउन थालेको थियो। सुन्दरीजलमा प्रशोधन भएको मेलम्चीको पानी काठमाडौँ उपत्यकाका १० वटा पानी पोखरीमार्फत् ग्राहकको धारामा वितरण गरिन्छ। रासस


प्रकाशित : सोमबार, वैशाख २६ २०७९०७:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend