शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

ब्याजदर संशोधन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

बुधबार, असोज ६ २०७८
ब्याजदर संशोधन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले नियम विपरित व्याजदर बढाएका बैंक वित्तीय संस्थाहरुलाई संसोधन गर्न निर्दशन दिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले नियम विपरित ब्याजदर बढाएका बैंक वित्तीय संस्थाहरुलाई संशोधन गर्न निर्दशन दिएको छ।

बैंक वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन विपरित ब्याजदर बढाएको भन्दै संसोधन गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकको एकीकृत निर्देशनको नम्बर १५ को बर्खिलाप भएको भन्दै संशोधन गर्न भनेको हो। 

नेपाल राष्ट्र बैंकको यसै निर्देशनमा बैंक वित्तीय संस्थाले मसान्तमा प्रकाशित गरेको ब्याजदरमा कुनै पनि समयमा सून्य दशमलब ५ प्रतशितसम्म थप गर्न सक्ने व्यवस्था गरिएको छ। कतिपय बैंकहरुले यहि बुदाँलाई टेकेर दुई तीन दिन पछि सून्य दशमलब ५ प्रतिशत ब्याजदर बढाएका छन्। 

सून्य दशमलब ५ प्रतिशत ब्याजदर बढाउन पाउने व्यवस्थालाई उपयोग गर्दा कतिपय बैंकहरुको कल डिपोजिट बाहेकका निक्षेपमा प्रदान गरिने निक्षेपको अधिकतम र न्यनतम ब्याजदरको अन्तर ५ प्रतिशत भन्दा नाघेको पाइएको छ। 

 


प्रकाशित : बुधबार, असोज ६ २०७८०६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend