शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २४ २०७९
images
अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

दैनिकरुपमा ७७ को हाराहारीमा विदेशी पर्यटकले पदमार्गको यात्रा गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ।

images
images

मनाङ- दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ।

images
images
images

अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन्।

images
images

युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन्। अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। 

images
images

थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के मार्ग कटाउँदै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ। यहाँ हरेक दिन ७७ विदेशी पर्यटक अन्नपूर्ण पदयात्राका लागि आउने गरेको गौतमले बताए। 

हाल दैनिकरुपमा ७७ को हाराहारीमा विदेशी पर्यटकले पदमार्गको यात्रा गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ। नेपालमा पहिलो पटक आएको र हिमशृङ्खलाको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा आफूहरु निकै खुसी भएको पर्यटक बताउँछन्।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पछिल्लो समय विदेशी मात्र नभई आन्तरिक पर्यटक पनि मनाङ आउने गरेका छन्। विभिन्न क्लब तथा सङ्घसंस्थामा आबद्ध भएका बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा यात्रा गर्न आउने गरेको पाइएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २४ २०७९०८:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend