शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

नक्साल बिगमार्टको ठाउँमा चाङगन र यामाहाको नयाँ सोरुम 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
नक्साल बिगमार्टको ठाउँमा चाङगन र यामाहाको नयाँ सोरुम 

नक्सालको बिगमार्ट र यसअघि स्याङयोङको सोरुम रहेको स्थानमा चाङगनसहित यामाहाको पनि सोरुम बन्ने छ। नक्सालमा चाङगनको पहिलो सोरुम बन्न लागेको हो। 

काठमामाडौं- केही समयअघि नेपाल भित्रिएको चिनियाँ ब्रान्ड चाङगनको नयाँ सोरुम नक्सालमा बन्ने भएको छ। चाङगनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले नक्सालमा एक्सक्लुसिभ सोरुम खोल्न लागेको हो।

नक्सालको बिगमार्ट र यसअघि स्याङयोङको सोरुम रहेको स्थानमा चाङगनसहित यामाहाको पनि सोरुम बन्ने छ। नक्सालमा चाङगनको पहिलो सोरुम बन्न लागेको हो। 

चिनियाँ कार निर्माता कम्पनी चाङगन अटोमोबाइल कार बिक्रीमा आक्रामक हुने भएको छ। कम्पनीले सन् २०२५ देखि वार्षिक ३० लाख र २०३० बाट विश्व बजारमा वार्षिक ४५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ।

कम्पनीले २०२५ देखि बिक्री गर्ने कुल सवारी मध्ये ३५ प्रतिशत न्यू इनर्जी भेइकल हुनेछ भने २०३० पछि ६५ प्रतिशत हुनेछ। न्यू इनर्जी भेइकलमा ब्याट्री इलेक्ट्रिक, प्लगइन हाइब्रिड र हाइड्रोजन फ्युलसेल भेइकल पर्दछन्। 

त्यही अनुरुप एमएडब्लू वृद्धि अटोकर्पले पनि नेपाली बजारमा चाङगनका कारको बिक्री बढाउन आक्रमक रणनीति लिने जनाएको छ। 

नक्सालमा यामाहाले उत्कृष्ट सोरुम बनाउन लागेको जनाएको छ। विश्वस्तीय सोरुमका निर्माण गर्न एमएडब्लू ग्रुपले नक्सालको बिगमार्ट तथा स्याङयोगको सोरुम भएको जग्गा लिजमा लिएको हो। 


प्रकाशित : बुधबार, असोज ६ २०७८०५:४९
  • सम्बन्धित विषय:

  • # चाङगन
  • # एमएडब्लू
  • # यामाहा
  • # एमएडब्लू वृद्धि अटाेकर्प
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend