काठमाडौं- सातोको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुन तोलामा ६ सय रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। शुक्रबारका लागि चाँदी मूल्य प्रतितोाला १२ सय ८० रुपैयाँ कायम भएकोृ छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।