शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

ऋण लिएर बेरोजगारलाई १० हजार बाँडिने, विश्व बैंकले गर्‍यो रकमान्तर

बिहीबार , वैशाख २२ २०७९
ऋण लिएर बेरोजगारलाई १० हजार बाँडिने, विश्व बैंकले गर्‍यो रकमान्तर

यसअघि नै सम्झौता भएको ऋणबाट बेरोजगारलाई १० हजार वितरण गर्ने सरकारले तयारी गरेको छ।

काठमाडौं- सरकारले ऋण लिएर बेरोजगारलाई १० हजार रुपैयाँ बाड्ने भएको छ।

यसअघि नै सम्झौता भएको ऋणबाट बेरोजगारलाई १० हजार वितरण गर्ने सरकारले तयारी गरेको छ। यसका लागि यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दिने भनेको विश्व बैंकाले १२ करोड डलरबाट २ करोडा ३० लाख डलर ऋण सार्ने भएको छ।

कोरोनाका कारणले बेरोजागर भएका परिवारलाई १० हजारका दरले सहायता दिने भनेर सरकारले बजेटमा कार्यक्रम ल्याएको थियो। त्यही कार्यक्रमका लागि भन्दै विश्व बैंकले रकमान्तर गरेको हो।


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend