शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

बढेको विमानस्थल यात्रु सेवा शुल्क जेठ १४ गतेबाट लागु हुने, कुन विमानस्थलको हकमा कति?

images
बिहीबार , वैशाख २२ २०७९
images
बढेको विमानस्थल यात्रु सेवा शुल्क जेठ १४ गतेबाट लागु हुने, कुन विमानस्थलको हकमा कति?

अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्र गर्ने आन्तरिक हवाई यात्रुसँग प्रतिव्यक्ति ५ सय रुपैयाँ यात्रु सेवा शुल्क लिने गरी नियवमाली संशोधनन भएको छ।

images
images

काठमाडौं- सरकारले हवाई यात्र गर्ने यात्रुले तिर्नुपर्ने हवाई यात्रु सेवा शुल्क बढाएको छ। यात्रु सेवा शुल्क बढाउँदै संशोधन भएको विमानस्थल सेवा शुल्क नियमावली २०७८ जेठ १४ गतेबाट कार्यान्वयनमा आउने भएको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत ३० गते मन्त्रिपरिषद्‍बाट पारित भएको विमानस्थल सेवा शुल्क नियमावली २०७९ जेठ १४ गतेबाट कार्यान्वयनमा जाने भने सूचना प्रकाशन गरेको छ।

images
images

कुन विमानस्थलबाट कुन विमानस्थल गर्दा कति लाग्छ सेवा शुल्क

images
images

स्वीकृत नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही परिमार्जन भएको छ। यस अघि अन्तर्राष्ट्रिय यात्रु (सार्क राष्ट्रका लागि उडान गर्ने यात्रु)को हकमा ७ सय ५० रुपैयाँ र अन्य यात्रुको हकमा एक हजार रुपैयाँ यात्रु सेवा शुल्कबाट रकम संकलन गरिन्थो। तर नयाँ नियमावलीमा अन्तर्राष्ट्रिय यात्रुको हकमा प्रतिव्यक्ति ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क लाग्ने भएको छ।

यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्र गर्ने आन्तरिक हवाई यात्रुसँग प्रतिव्यक्ति ५ सय रुपैयाँ यात्रु सेवा शुल्क लिने गरी नियवमाली संशोधनन भएको छ।

यसैगरी नयाँ नियमावलीमा चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, गौतमबुद्ध, लुक्ला, जोमसोम, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलबाट यात्रा गर्नेले यात्रुसेवा शुल्क वापत ४ सय रुपैयाँ तिर्नु पर्ने छ।

यसैगरी, तुम्लिङटार, फाप्लु, रामेछाप, मेघौली, सिमिकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामिडाँडा, रुम्जाटार, खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा, डोटी, बैतडी, रुकुम सल्ले, रुकुम चौरजहारी, बझाङ र साँफैवगर विमानस्थलबाट यात्रु गर्ने यात्रुले यात्रु सेवा शुल्क वापत प्रतियात्रु ३ सय रुपैयाँ तिर्नु पर्नेछ।

यसैगरी माथि उल्लेख नभएका विमानस्थलको हकमा २ सय रुपैयाँ सेवा शुल्क लाग्ने नयाँ नियमावलीमा व्यवस्था गरिएको छ।

airport.jpg


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९०५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend