काठमाडौं- पन्ध्र विकास बैंकहरुले एकसातमै ५ अर्ब ५१ करोड ८० लाख ९० हजार रुपैयाँ ऋण लगानी गरेका छन्। भने २ अर्ब ४८ करोड २ लाख ४० हजार रुपयैयाँ निक्षेप संकलन गरेका छन्।
देशभरका १८ बैंक मध्ये १५ वटा विकास बैंकहरुले उक्त निक्षेप संकलन गरेका हुन। विकास बैंकहरुले हालसम्म ४ खर्ब २ अर्ब ऋण लगानी गर्दा ४ खर्ब ५१ अर्ब निक्षेप संकलन गरेका छन्।
विकास बैंकहरु केन्द्रिय र क्षेत्रिय स्तरका रहेका छन्। साना लगानीकर्ताहरुको आर्कषण विकास बैंकहरुमा केन्द्रित भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विकास बैंकहरुलाई प्रोत्सहान गर्ने नीति समेत लिएको छ।