आइतबार, असोज ६ गते २०८१    
images
images

कोभिडपछि ब्युँतिएको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव

images
बुधबार, वैशाख २१ २०७९
images
images
कोभिडपछि ब्युँतिएको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव

अझै ढुक्क हुने अवस्था बनिसकेको छैन। मुलुकको अर्थतन्त्रलाई नकारात्मक बाटोमा जान नदिन लागि परेको सरकारी अधिकारीको प्रष्टीकरण छ। 

images
images

काठमाडाैं- २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्‍यो। भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो। कोरोनाले पारेको प्रभावबाट तङ्ग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ। 

images
images
images

रुस-युक्रेन द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। चालु आवमा पेट्रोलियम पदार्थको खरिदबाट मात्रै करिब चार खर्ब विदेशिने अनुमान छ। त्यस्तै चालु आवको नौ महिनाको अवधिमा तीन खर्ब बराबरको कृषिजन्य उत्पादन आयात भएको तथ्यांक छ। 

आयात निर्यातको अन्तर बढ्नु, कृषिजन्यलगायत विलाशी वस्तुको आयात बढ्नु, विप्रेषण आप्रवाहमा संकुचन आउनु, विदेशी मुद्रा सञ्चिती घट्नुजस्ता कारणबाट मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थातर्फ उन्मुख छ। विश्वव्यापी अर्थतन्त्रमा आर्थिक वृद्धि घट्दो अवस्थामा छ भने मूल्यवृद्धि बढ्दो अवस्थामा छ। अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार तथा सरोकारवाला निकायले विभिन्न नीति अख्तियार गरिरहेका छन्। अझै ढुक्क हुने अवस्था बनिसकेको छैन। मुलुकको अर्थतन्त्रलाई नकारात्मक बाटोमा जान नदिन लागि परेको सरकारी अधिकारीको प्रष्टीकरण छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आयात र निर्यातमा देखिएको अन्तर कम गर्नु अहिलेको प्रमुख चुनौतीका रुपमा रहेको बताए। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको कार्यक्रममा उनले अनियन्त्रितरुपमा बढेको आयातलाई निरुत्साहित गर्न जरुरी रहेको बताए। 'आयातको तथ्यांक हेर्दा निकै नै वृद्धि भइरहेको छ, चालु आवमा करिब २१ खर्बको आयात हुने अवस्था देखियो', उनले भने, '९/१० खर्ब विप्रेषण र करिब २ खर्बको निर्यातले धान्न सक्ने अवस्था देखिएन।'

images

आयात र निर्यातको खाडलले तत्काल अर्थतन्त्रमा ठूलो प्रभाव नपरे पनि आगामी दिन संकटपूर्ण रहेको उनको भनाइ छ। बर्सेनि ठूलो परिणाममा कृषिजन्य उत्पादन आयात भइरहेको भन्दै गभर्नर अधिकारीले कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन बढाउनुपर्ने बताए।  

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले विदेशी मुद्रा भित्र्याउन वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई वित्तीय साक्षरता दिनुपर्ने, बैंक खाता खोल्न अनिवार्य गर्नुपर्ने, वैधानिक बाटोबाट विप्रेषण पठाउन प्रेरित गर्नुपर्ने बताए। उनले कृषिजन्य वस्तुको उत्पादन वृद्धिका लागि कृषिमा दिइने अनुदानलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।  

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले अनुत्पादक क्षेत्रमा भइरहेको लगानीले प्रतिफल दिन नसक्दा अर्थतन्त्रमा समस्या थपिँदै गएको बताए। वित्तीय अनुशासन कायम हुने गरी आगामी आवको बजेट निर्माणमा मन्त्रालयल लागि परेको जानकारी दिँदै उनले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताए। रासस


प्रकाशित : बुधबार, वैशाख २१ २०७९१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend