शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विमानस्थलमा बमको हल्लाले एक घण्टा बन्द भएको आन्तरिक उडान खुल्यो

बुधबार, वैशाख २१ २०७९
विमानस्थलमा बमको हल्लाले एक घण्टा बन्द भएको आन्तरिक उडान खुल्यो

हल्लाका कारण झण्डै एक घण्टा उडान प्रभावित भयो। अन्तर्राष्ट्रिय उडानहरू जारी रहे पनि आन्तरिक उडान बन्द थियो।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको हल्लाले बन्द भएको आन्तरिक उडान पुन: सुरु हुने भएको छ।

बमको आंशकामा आन्तरिक टर्मिनल भवनमा यात्रुलाई बाहिर निकालेर अनुसन्धान गरिएको थियो। केही पनि नभेटिएपछि उडान सुरु गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ। 

आन्तरिक टर्मिनल नजिकै शंस्कास्पद वस्तु भेटिएको हल्ला थियो। अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको थियो।

अन्तर्राष्ट्रिय उडानहरू जारी रहे पनि आन्तरिक उडान बन्द थियो। नेपाली सेना तथा प्रहरीको टोलीले अनुसन्धान गरेपछि उडान सुरु गर्न लागेको विमानस्थलले जनाएको छ। हल्लाका कारण झण्डै एक घण्टा उडान प्रभावित भएको छ।  


प्रकाशित : बुधबार, वैशाख २१ २०७९०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend