आइतबार, असोज ६ गते २०८१    
images
images

चुनावी चटक : खेतीपाती भित्र्याउन सहयोग गर्दै उम्मेदवार

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २१ २०७९
images
images
चुनावी चटक : खेतीपाती भित्र्याउन सहयोग गर्दै उम्मेदवार
फाइल तस्बिर।

उम्मेदवारहरूसँगै उनीहरूका कार्यकर्ताहरूले पनि किसानका कामहरूमा सहयोग गर्दै आइरहेको बताइएको छ।

images
images

डोटी- घरदैलो अभियानलाई डोटीका विभिन्न पार्टीका उम्मेदवारहरूले तीव्र पार्न थालेका छन्। मतदान गर्ने दिन अर्थात् वैशाख ३० गते नजिकिँदै गर्दा यहाँका दलहरू अहिले स्थानीयवासीका घर घर तथा खेतबारीमै गएर आफ्ना लागि मत माग्न थालेका छन्।

images
images
images

स्थानीयवासी गहुँ काट्न तथा धानको बेर्ना छर्नका लागि खेतमा व्यस्त भए पनि उम्मेदवारहरू खेतमै गएर गहुँ काटीदिने तथा धानको बीउ छर्न सहयोग गर्ने र मत माग्ने गरेको दिपायल सिलगढी नगरपालिका-८ का स्थानीयवासी दलबहादुर साउदले बताए।

'उम्मेदवारहरू खेतमै आएर मत माग्न थालेका छन्, हामी खेती किसानीमै व्यस्त छौँ, हाम्रा खेतीपाती बटुल्ने काममा पनि सहयोग गर्न थालेका छन्' उनले भने।

उम्मेदवारहरूले किसानलाई खेतीपाती बटुल्नेलगायतका काममा सहयोग गर्न थालेपछि अहिले किसानका काममा केही सहज भएको स्थानीयवासीहरू बताउँछन्। उम्मेदवारहरूसँगै उनीहरूका कार्यकर्ताहरूले पनि किसानका कामहरूमा सहयोग गर्दै आइरहेको बताइएको छ। जिल्लामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चालगायतका दलका नेताहरूले आफ्ना चुनावी अभियानलाई तीव्रता दिएका छन्।

images

आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)बीच जिल्लामा ताल मेल भई अहिलेसँगै घरदैलो अभियानमा जुटेका छन् भने कांग्रेस र एमाले भने अलग अलग भएर चुनावी अभियान लिएर हिँडिरहेका छन्। प्राय सबै राजनीतिक दलका नेताहरूका पर्चा पम्पलेटहरूले यहाँका सार्वजनिक स्थानहरू भरिभराउ भएका छन्। यसैगरी उम्मेदवारहरूले आफ्ना प्रचार सामग्रीहरू यहाँका विद्युतका पोल, सार्वजनिक स्थल तथा सडकहरूमा टाँसेका छन्।

घरदैलो अभियान लिएर घरघर तथा स्थानीयका खेतबारीमा आइरहेका नेताहरूलाई यहाँका नागरिकले शिक्षा, स्वास्थ्य, विद्युत् तथा सडकको विकास गर्नेलाई आफ्नो मत दिने माग राखेको जोरायल गाउँपालिका-४ नकु गाउँका स्थानीयवासी सोपानसिंह बोहराले बताए। उनले भने, 'हामीलाई आवश्यक पर्ने शिक्षा, सडक र स्वास्थ्य अफिस दिनेलाई हामी भोट दिन्छौँ, हाम्रा खेतमा अहिले आएर काम गरेर मात्रै भोट दिने छैनौँ।'

यसपटक स्थानीय तहमा नयाँ अनुहारसहित युवाहरू बढी उम्मेदवार भएकाले युवाले विकास गर्न सक्नेमा यहाँका स्थानीयहरू आशावादी बनेका छन्। गाउँमा चुनावी अभियान तीव्र भएसँगै कामका लागि जिल्ला बाहिर तथा छिमेकी मुलुक भारत गएका यहाँका सयौँ नागरिक अहिले गाउँ फर्किएका छन्।

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह छन्। प्रमुख निर्वाचन अधिकृत विदुर काफ्लेले नौ स्थानीय तहका ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि मात्रै सात जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

उक्त नगरपालिकाको नौ वटा वडाध्यक्षका लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुल्ला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ। यसैगरी शिखर नगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ। शिखरमा ५७ पदमा १४८ जनाको उम्मेदवारी परेको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिकामा ३७ पदका लागि ११६ जनाको उम्मेदवारी परेको छ। सायल गाउँपालिकामा ३२ पदका लागि ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आदर्श गाउँपालिकामा ३७ पदका लागि १२० जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

यसैगरी केआइसिंह गाउँपालिकामा ३७ पदका लागि ११८, बोगटान फुडिसल गाउँपालिकामा ३७ पदका लागि ११५ ,बडीकेदार गाउँपालिकामा २७ पदका लागि ८२ र जोरायल गाउँपालिकामा ३२ पदको लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख २१ २०७९०६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend