शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विमानस्थलमा शंकास्पद वस्तु भेटिएपछि आन्तरिक उडान रोकियो

बुधबार, वैशाख २१ २०७९
विमानस्थलमा शंकास्पद वस्तु भेटिएपछि आन्तरिक उडान रोकियो

अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु भेटिएपछि आन्तरिक यात्रुलाई बाहिर निकालेर अनुसन्धान थालिएको छ।

आन्तरिक टर्मिनल नजिकै शंस्कास्पद वस्तु भेटिएको विमानस्थल कार्यालयले जनाएको छ। अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ।

अन्तर्राष्ट्रिय उडानहरू जारी रहे पनि आन्तरिक उडान बन्द छ। नेपाली सेना तथा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ। 



प्रकाशित : बुधबार, वैशाख २१ २०७९०५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend