शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

साहस ऊर्जाको ७० लाख कित्ता आईपीओमा आजबाट आवेदन दिन पाइने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
साहस ऊर्जाको ७० लाख कित्ता आईपीओमा आजबाट आवेदन दिन पाइने

साहस उर्जा लिमिटेडको ७० लाख कित्ता आइपिओ आज देखि खुला गरिएको छ।  

काठमाडौं- साहस उर्जा लिमिटेडको ७० लाख कित्ता आइपिओ आज देखि खुला गरिएको छ।  

सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने छन्।  कम्पनीले आज बुधबारदेखि ७० लाख कित्ता बराबरको आइपिओ निष्काशन तथा बिक्रीमा ल्याएको हो। 

जसमध्ये कम्पनीले ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता  सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी बसेको ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । 

प्रतिकित्ता एक सय रुपैयाँ पर्ने उक्त आइपिओ छिटो मिति असोज १० गते र ढिलो मिति असोज २० गतेसम्म बिक्रीमा रहनेछ । कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ। 


प्रकाशित : बुधबार, असोज ६ २०७८०२:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend