शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

रसुवामा मदिरा बेच्न छुट्याइयो समय, ४ बजेपछि बेच्न नपाइने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २० २०७९
रसुवामा मदिरा बेच्न छुट्याइयो समय,  ४ बजेपछि बेच्न नपाइने

जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि प्रत्येक दिन अपराह्न ४ बजे पछाडि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न अनुरोध गरिएको हो।

रसुवा- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी नेपाल प्रहरीले मदिरा बिक्री वितरणका लागि समय सीमा तोकेको छ।

मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ। यसका लागि अनुगमन कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि प्रत्येक दिन अपराह्न ४ बजे पछाडि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न अनुरोध गरिएको हो।

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै नागरिकको साझा दायित्व भएकाले प्रहरीको कदमलाई यहाँका व्यापारी व्यवसायीले पूर्णरूपमा सहयोग गर्नेमा प्रहरी आशावादी भएको बताइएको छ।

मदिरा बिक्री गर्ने होटल साँझ ७ बजेदेखि बन्द गर्न नेपाल प्रहरीले व्यवसायीलाई अनुरोध गरे पश्चात्त निर्देशन कार्यान्वयन हुन थालेको यहाँका व्यवसायीले बताएका छन्। रसुवागढी नाका, पर्यटकीय क्षेत्र एवं चिसो स्थान भएका कारण बढी मात्रामा खपत हुने मदिरा नियन्त्रणका लागि नेपाल प्रहरीले चालेको कदम स्वागत योग्य भएको विश्लेषकले बताएका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख २० २०७९०८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend