शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

हिमालयन बैंकका सेयरधनीले २६ प्रतिशत लाभांश पाउने बाटो खुल्यो

मंगलबार, वैशाख २० २०७९
हिमालयन बैंकका सेयरधनीले २६ प्रतिशत लाभांश  पाउने बाटो खुल्यो

हिमालयन बैंकले गत २०७८ मंसिर १० गते राष्ट्र बैंकको निर्णयविरुद्ध मुद्दा हालेको थियो। राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालतले परमादेश जारी गर्दै राष्ट्र बैंकको निर्णय खारेज गरिदिएको हो।

काठमाडौं- हिमालयन बैंकका सेयरधनीले लाभांश पाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेको भन्दै लाभांश वितरणमा रोक लगाएको थियो।

लाभांश वितरण गर्न पाउनुपर्ने भन्दै हिमालयन बैंक व्यवस्थापनले  उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। मुद्दामा अदालतले नेपाल राष्ट्र बैंकको नाममा निर्देशन जारी गर्दै तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन आदेश दिएको छ। 

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरपछि मात्र लाभांश बाँड्नुपर्ने भन्दै हिमालयन बैंकलाई रोक लगाएको थियो। त्यही बीचमा हिमालयनले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया खारेज गरेपछि राष्ट्र बैंकले लाभांश नदिन निर्देशन जारी गरेको थियो। पाटन अदालतले परमादेश जारी गर्दै लाभांश वितरणमा रोक नलगाउन भनेको हो।

बैंकले गत वर्षको नाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश पारित गरेको थियो। साधारणसभाको अधिकार राष्ट्र बैंकले खोसेको आरोप हिमालयन बैंक पक्षको छ। हिमालयन बैंकको दलिललाई सुनेर उच्च अदालतले राष्ट्र बैंकको निर्देशन खारेज गरिदिएको हो।

मर्जर प्रक्रिया भंग गरेपछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट अहिले राष्ट्र बैंकको कारवाहीमा छन्। राष्ट्र बैंकले दुवै बैंकलाई लाभांश वितरणमा रोकदेखि अन्य बन्देज लगाएको छ। हिमालयन बैंकले मुद्दामार्फत लाभांश बाँड्न पाउने अधिकार लिएको छ। यता इन्भेष्टमेन्ट बैंकका संस्थापक सेयरधनीले भने लाभांश पाउने छैनन्।

हिमालयन बैंकले गत २०७८ मंसिर १० गते राष्ट्र बैंकको निर्णयविरुद्ध मुद्दा हालेको थियो। राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालतले परमादेश जारी गर्दै राष्ट्र बैंकको निर्णय खारेज गरिदिएको हो।

यतिबेला मर्जका कारण एक बर्षदेखि कारोबार रोक्का भएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताको चासो सेयर कारोबार खुल्नेमा छ। दुवैले दश महिनाअगाडि मर्जरमा जाने प्रारम्भिक सम्भौता गरे पनि हिमालयन बैंकको पुस ३० गतेको साधारणसभाबाट मर्जर भाँडिएको थियो। 

 

 


प्रकाशित : मंगलबार, वैशाख २० २०७९०५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend