शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

मंगलबार, वैशाख २० २०७९
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

मंगलबार प्रतितोला १ हजार रुपैयाँ घटेर ९७ हजार २ सय रुपैयाँ तोकिएको छ।

काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ। सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयामा कारोबार भएको थियो। मंगलबार प्रतितोला १ हजार रुपैयाँ घटेर ९७ हजार २ सय रुपैयाँ तोकिएको छ।

यता चाँदीको मूल्य भने स्थिर छ। मंगलबारका लागि चाँदीको मूल्य १२ सय ९० रुपैयाँ कायम भएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, वैशाख २० २०७९०५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend