शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

मिक्सरभित्र सय ग्राम सुन लुकाएर ल्याउने पक्राउ 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २० २०७९
मिक्सरभित्र सय ग्राम सुन लुकाएर ल्याउने पक्राउ 

सुनसहित उनलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जानकारी दिएको छ। 

काठमाडौं- कुवेतबाट काठमाडौं आएका एक नेपाली यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेका छन्।

मंगलबार बिहान सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका गरेका रुपेन्देहीका २८ वर्षिय एक यात्रु सय ग्राम सुनसहित पक्राउ परेका हुन्। 

विमानस्थल भन्सार कार्यालयले जेकजाँजको क्रममा ती यात्रुले मिक्सरभित्र सुनको क्वाइल बनाएर ल्याएका थिए। 

सुनसहित उनलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जानकारी दिएको छ। 

भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ। त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको १ लाख ५६५ राजस्व तिर्नुपर्ने हुन्छ। 

 


प्रकाशित : मंगलबार, वैशाख २० २०७९०४:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend