शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

स्थानीय तहका उम्मेदवारले कस्ता सवारी कति प्रयोग गर्न पाउने?

सोमबार, वैशाख १९ २०७९
स्थानीय तहका उम्मेदवारले कस्ता सवारी कति प्रयोग गर्न पाउने?

महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उप्रमुखको लागि बढीमा दुईवटा दुईपाङग्रे वा तीनपाङग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन।

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा स्थानीय तहका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुले प्रयोग गर्न पाउने सवारी साधन निर्धारण गरेको छ। 

उम्मेदवारलाई सवारी साधन प्रयोग गर्न अनुमति दिनेसम्बन्धी सूचना निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएर मात्र निर्वाचन प्रचारप्रसारको लागि सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गरेको छ।

कुन पदका उम्मेदवारले कस्ता सवारी कति पाउने

- महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उप्रमुखको लागि बढीमा दुईवटा दुईपाङग्रे वा तीनपाङग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन।

- नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको लागि एउटा दुईपाङग्रे वा तीनपाङग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन।

- महानगरपालिका तथा उपमहानगरपालिकाका वडा अध्यक्ष तथा वडा सदस्यका लागि उम्मेदवार भएको वडाभित्र मात्र प्रयोग गर्ने गरी एउटा दईपाङग्रे वा तीनपाङग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन।

- नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष तथा वडा सदस्यका लागि उम्मेदवार भएको वडाभित्र मात्र प्रयोग गर्ने गरी एउटा दुईपाङग्रे सवारी साधन।

- विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन नचल्ने गाउँपालिका वा नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखका लागि दुई वटा घोडा र वडा अध्यक्ष वा वडा सदस्यको लागि एउटा घोडा।


प्रकाशित : सोमबार, वैशाख १९ २०७९१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend