शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

निगम कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला, कर्मचारीले मागे राजीनामा

images
सोमबार, वैशाख १९ २०७९
images
निगम कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला, कर्मचारीले मागे राजीनामा
images
images

काठमाडौं- नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा कर्मचारीले ताला लगाएका छन्।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्पष्टीकरण सोधको विषयको सूचना मिडियामा लगेको भन्दै अधिकारीले निगममा कार्यरत वरिष्ठ सहायक देवराज ओझालाई कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दा कर्मचारी बेहोस भएका थिए।

images
images

सोही विषयलाई लिएर उनको कार्यकक्षमा ताला लगाउँदै राजीनामा माग गरिएको नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले बताए।

images
images

बेहोस भएका कर्मचारीलाई अधिकारी आफैले आफ्नो गाडीमा हालेर अस्पताल लगेका थिए। अस्पतालमै कर्मचारीले अधिकारीलाई घेराउ गरेका थिए।

अधिकारी केही दिनअगाडि मात्रै ओझालाई आफ्नै कार्यकक्षमा बोलाएर जागिरसमेत खाइदिने धम्की दिएका थिए। फेरि आज दोस्रो पटक अधिकारीले उनलाई आफ्नै कार्यकक्षमा बोलाएर धम्की दिँदैगर्दा ओझा बेहोस भएका थिए।

मन्त्री आलेले अधिकारीलाई अनावश्यक मान्छे साउदी अरब उडानमा लगेको र निजी कम्पनीलाई जहाज भाडामा दिएको विषयमा स्पष्टीकरण सोधेका थिए।

सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले दुर्व्यवहार गर्दा कर्मचारी बेहोस, लगियो अस्पताल सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले दुर्व्यवहार गर्दा कर्मचारी बेहोस, लगियो अस्पताल

आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले 'कर्मचारीलाई थुने' आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले 'कर्मचारीलाई थुने'


प्रकाशित : सोमबार, वैशाख १९ २०७९१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend