शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले दुर्व्यवहार गर्दा कर्मचारी बेहोस, लगियो अस्पताल

images
सोमबार, वैशाख १९ २०७९
images
सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले दुर्व्यवहार गर्दा कर्मचारी बेहोस, लगियो अस्पताल
images
images

काठमाडौं- नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीमाथि दुर्व्यवहार गर्दा उनी कार्यकक्षमै बेहोस भएका छन्। बेहोस कर्मचारीलाई काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षमा लगिएको छ। 

images
images
images

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै निगमका कार्यरत वरिष्ठ सहायक देवराज ओझालाई कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दा कर्मचारी बेहोस भएका थिए। 

images
images

आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीले यसअघि ओझालाई कार्यकक्षमा थुनेका थिए। उनलाई थुनेको सूचना सञ्चार माध्यममा दिएको भन्दै पुन: कार्यकक्षमा बोलाइ धम्की दिएका हुन्।

images
images
devraj ojha.jpg
अस्पतालको आकस्मिक कक्षमा कर्मचारी ओझा।

त्यही विषयमा कार्यकारी अध्यक्ष अधिकारीले समाचार लेखाएको भन्दै जागिर खाइदिने भन्दै धम्की दिएपछि ओझा बेहोस भएका थिए। उनी यात्रु सेवा विभागमा कार्यरत छन्। 

यसअघि पनि अधिकारीले नेपाल एयरलाइन्समा ओझालाई आफ्नो कार्यकक्षमा छलफल छ भनेर बोलाइ अभद्र व्यवहार गरेका थिए। 

आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले 'कर्मचारीलाई थुने' आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले 'कर्मचारीलाई थुने'

कर्मचारीहरूका अनुसार अधिकारीले ‌ओझालाई आफ्नो कार्यकक्षमा बोलाएर मोबाइल कब्जा गरी कोठा बन्द गरेर अपशब्द प्रयोग गरी धम्की दिएका थिए। जागिर खाइदिने तथा भविष्यमा कतै काम नलाग्ने बनाइदिने भन्दै उनले धम्की दिएका थिए।

जसको नेपाल वायुसेवा कर्मचारी संघले आपत्ति जनाउँदै विरोधसमेत गरेको थियो। संघले ओझालाई गरिएको अभद्र व्यवहारप्रति अधिकारीले माफी माग्नुपर्ने तथा सोधिएको स्पष्टीकरण फिर्ता लिनुपर्ने माग गरेको छ। 


प्रकाशित : सोमबार, वैशाख १९ २०७९०८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend