मंगलबार, असोज १ गते २०८१    
images
images

आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले 'कर्मचारीलाई थुने'

images
शुक्रबार, वैशाख १६ २०७९
images
images
आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले 'कर्मचारीलाई थुने'

संघले ओझालाई गरिएको अभद्र व्यवहारप्रति अधिकारीले माफी माग्नुपर्ने तथा सोधिएको स्पष्टीकरण फिर्ता लिनुपर्ने माग गरेको छ। 

images
images

काठमाडौं- नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै एकजना कर्मचारीलाई थुनेका छन्। 

images
images
images

अधिकारीले नेपाल एयरलाइन्समा कार्यरत उपनिर्देशक देवराज ओझालाई आफ्नो कार्यकक्षमा छलफल छ भनेर बोलाइ अभद्र व्यवहार गरेका थिए। 

अधिकारीले आफ्नो कार्यकक्षमा बोलाएर मोबाइल कब्जा गरी कोठा बन्द गरेर ओझालाई अपशब्द प्रयोग गरी धम्की दिएका थिए। जागिर खाइदिने तथा भविष्यमा कतै काम नलाग्ने बनाइदिने उनले धम्की दिएका थिए। 

अधिकारीले अभद्र व्यवहार गरेको भन्दै नेपाल वायुसेवा कर्मचारी संघले आपत्ति जनाएको छ। अधिकारीले ओझालाई स्पष्टीकरण सोधेका छन्। आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको आरोपमा अधिकारीले ओझालाई कारबाही गर्न भन्दै स्पष्टीकरण सोधेका हुन्। 

images

संघले ओझालाई गरिएको अभद्र व्यवहारप्रति अधिकारीले माफी माग्नुपर्ने तथा सोधिएको स्पष्टीकरण फिर्ता लिनुपर्ने माग गरेको छ। 

nac.jpeg

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पछिल्लो एक महिनामै दुईवटा विषयमा स्पष्टीकरण सोधेका छन्। संस्थाको हित विपरीत हुने काम गरेको भन्दै आलेले अधिकारीसँग स्पष्टीकरण सोधेका हुन्। मन्त्रीको सचिवालयका अनुसार आलेले अधिकारीलाई पछिल्लो स्पष्टीकरण हालै भएको साउदी अरबको रियादको उडानको विषयसँग सम्बन्धित छ। 

नेपाल एयरलाइन्सले वाइडबडी जहाज किनेदेखि उडानको योजना बनेपनि अहिले आएर बल्ल साउदी अरब उडान सम्भव भएको छ। निगमको नेतृत्वमा पुगेका पछिल्लो पाँच जना व्यवस्थापक लागिपरेको साउदी उडान अधिकारीका पालामा  सफल भएको छ। 

नेपाल एयरलाइन्स यसै पनि महाआर्थिक संकटमा छ। चालु पुँजीको अभाव हुने अवस्था आइसकेको संस्थामा गम्भीर आर्थिक संकट एकातिर छ भने अर्कोतिर देशले विदेशी मुद्राको अभाव खेपिरहेको छ। यही अवस्थामा नेपाल एयरलाइन्सको  काठमाडौं-रियाद उद्घाटन उडानमा चालिस जना अफिसियललाई घुमाएर ल्याएको छ। चार दिन साउदी अरबको शयर गराएर नेपाल एयरलाइन्सको टोली फर्किसकेको छ। मन्त्रालयका कर्मचारी, नेपाल एयरलाइन्सका कर्मचारी, ट्राभल एजेन्ट, उद्योगी व्यवसायी र पत्रकार मात्र होइन राजनीतिक दलका नेतासमेत उक्त भ्रमणमा सहभागी थिए। 

यो सबै खर्च नेपाल एयरलाइन्सकै हो। अधिकारीले किन र कसका लागि यत्रो तामझाम गरे? यही विषयमा मन्त्री आलेले प्रश्न गरेका छन्। मन्त्रीको सचिवालयका अनुसार आलेले अधिकारीलाई स्पष्टीकरण दिन भनेका छन्। अहिलेको अवस्थामा त्यत्रो तामझाम किन आवश्यक थियो? यो तामझाम बिना उडान सफल नै हुँदैन थियो? जस्ता प्रश्न आलेले सोधेका थिए। 

आलेले अधिकारीलाई यो पहिलोपटक स्पष्टीकरण सोधेका होइनन्। गएको साता आलेले अधिकारीलाई स्पष्टीकरण सोधेका थिए। त्यो थियो नेपाल एयरलाइन्सको एउटा ट्विनटर जहाज भाडामा दिएका बारेमा। 

मन्त्री नियुक्त हुनेवित्तिकै नेपालभर आन्तरिक उडान गर्ने र त्यसका लागि युवराज अधिकारीले काम गर्ने आलेले पहिले घोषणा गरेका थिए। तर उडान त भएन उल्टो उल्टो भएका दुईवटा जहाजबाट नेपाल एयरलाइन्सले नियमित उडान गर्न सकेको छैन। नेपाल एयरलाइन्सले एउटा जहाज निजी कम्पनीलाई चार्टरमा(भाडामा) दिएको थियो। पर्यटकीय गतिविधि नहुने पश्चिम नेपालका पहाडी गन्तव्यमा यो सिजनमा निजी एयरलाइन्स पूर्वतिर सर्छन्। यस्तो बेला पश्चिम नेपालका यात्रुले सास्ती पाउँछन्। तर यही बेला नेपाल एयरलाइन्सले आफ्नो एउटा जहाज भाडामा दिएको थियो। 

पोखराबाट उडान गर्नेगरी एउटा निजी कम्पनीलाई चार्टर्ड उडानका लागि सम्झौता गरिएको थियो। सोही विषयमा बिजनेस न्युजमा समाचार प्रकाशित भएपछि आलेले तत्काल सो चार्टर उडान रोक्न निर्देशन दिएका थिए। उडान रोक्न निर्देशन दिँदै आफै नचलाएर किन भाडामा दिएको हो? भनेर स्पष्टीकरण सोधेका थिए। सो स्पष्टिकरणको जवाफ नआउँदै आलेले अधिकारीलाई अर्को स्पष्टीकरण सोधेका छन्। 

अधिकारीले आफूलाई सोधेको स्पष्टीकरणको सूचना चुहाएको आरोपमा ओझामाथि जाइलागेका हुन्। 


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend