शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

राहुल गान्धी काठमाडौंमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १९ २०७९
राहुल गान्धी काठमाडौंमा

राजनीतिक भेटघाटको भने कुनै कार्यक्रम नरहेको स्रोतले बतायो। 

काठमाडौं- भारतीय कांग्रेस (कांग्रेस आई)का पूर्वअध्यक्ष राहुल गान्धी काठमाडौं आएका छन्। 

निकट साथीको वैवाहिक कार्यक्रममा सहभागी हुनका लागि गान्धी नेपाल आएका हुन्। भिस्तारा एयरको उडानबाट उनी काठमाडौं आएका हुन्। 

भिस्तारा एयरको उडानबाट चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गान्धी अवतरण गरेका थिए। 

सोही वैवाहिक कार्यक्रममा भाग लिनका लागि अन्य भारतीय उच्चपदस्थ पनि काठमाडौं आएका छन्।  गान्धीसहित भारतीय सरकारका नागरिक उड्डयनमन्त्रीकी पत्नीसमेत काठमाडौं आएकी छन्। 

राजनीतिक भेटघाटको भने कुनै कार्यक्रम  नरहेको स्रोतले बतायो। 

 


प्रकाशित : सोमबार, वैशाख १९ २०७९१२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend