शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

क्रेडिट कार्डबाट वालेटमा लोड गरेर अनलाइन भुक्तानी गर्न पाइने

वालेटबाट अर्को वालेटमा पठाउँदा कारण खुलाउनुपर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १९ २०७९
क्रेडिट कार्डबाट वालेटमा लोड गरेर अनलाइन भुक्तानी गर्न पाइने

त्यस्तै एक वालेटबाट अर्कोमा रकम रकामान्तरण गर्दा वा कारोबार गर्दा खर्चको प्रयोजन अनिवार्य खुलाउनुपर्ने भएको छ। 

काठमाडौं- क्रेडिट कार्डबाट मोबाइल वालेटमा रकम लोड गरेर खर्च गर्न पाइने भएको छ। 

भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरिदिएको हो। 

यसअघि क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने तर अत्यावश्यक पर्दा १० प्रतिशतसम्म रकम झिक्न पाइने व्यवस्था थियो। यो व्यवस्थामा थप व्याख्या गर्दै राष्ट्र बैंकले क्रेडिट कार्डबाट वालेटमा लोड गरी खर्च गर्न पाइने छ। यस्तो खर्च विद्युतीय भुक्तानीबाट मात्र मान्य हुने छ। कार्डबाट लोड गरिएको रकम अन्यत्र रकमान्तरण तथा नगद झिक्न नपाइने व्यवस्था मिलाउनुपर्ने छ। 

त्यस्तै अबदेखि मोबाइल वालेटमा केवाइसी विवरण अपडेट गर्दाको व्यहोरा पनि थप हुने भएको छ। केवाईसीमा विवरण साँचो हो गलत भए सहुँला/बुझाउँला भनेर स्वघोषणा गर्नुपर्ने छ। 

त्यस्तै एक वालेटबाट अर्कोमा रकम रकामान्तरण गर्दा वा कारोबार गर्दा खर्चको प्रयोजन अनिवार्य खुलाउनुपर्ने भएको छ। 


प्रकाशित : सोमबार, वैशाख १९ २०७९११:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend