शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घट्यो

सोमबार, वैशाख १९ २०७९
सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घट्यो

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ। आइतबार ९९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि ८ सय रुपैयाँ घटेर ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।  


प्रकाशित : सोमबार, वैशाख १९ २०७९०५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend