आइतबार, असोज ६ गते २०८१    
images
images

चुनावले बढायो चहलपहल

images
सोमबार, वैशाख १९ २०७९
images
images
चुनावले बढायो चहलपहल

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ। मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन्। 

images
images

चितवन (बैशाख १९)- स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ। मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन्। 

images
images
images

यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन्। पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ। स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो।

जिल्लाका पर्यटन व्यवसायीसमेत रहनुभएका उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल सुरु भएको बताए। उनले भने, ‘ऋण धन गरेर पनि उम्मेदवारले खर्च गर्ने हुँदा यसले बजार व्यवसायलाई चलायमान बनाउँछ।’ बैंक र वित्तीय क्षेत्रभन्दा बाहिर रहेका नगद रकमसमेत निर्वाचनमा आउने अनुमान रहेको उनको भनाइ छ। यसको नतिजा निर्वाचनपछि देखिन्छ। होटल रेष्टुराँमा ग्राहक थपिएका दुवाडी बताउँछन्।  

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताए। बजारको चहलपहल कम भएकोमा क्रमशः बढ्दै गएको उनले बताए। होटल रेष्टुराँको व्यापार बढेसँगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने श्रेष्ठको भनाइ रहेको छ। उनले भने, ‘निर्वाचनको समयमा पैसा बजारमा आउँदै गर्दा समग्र अर्थतन्त्रमा यसको लाभ पुग्छ।’ विगतका निर्वाचनमा पनि चलायमान हुने गरेको भन्दै उनले चुनावको मिति नजिकिँदै गर्दा बजार थप चलायमान बन्ने बताए ।

images

देशभरबाट हेरिएको निर्वाचन भएकाले भरतपुरमा चुनावी चहलपहल बढी हुने अनुमान रहेको छ। रेष्टुराँ एण्ड बार एशोसिएशन चितवनका अध्यक्ष अच्युत भट्टले साना रेष्टुराँको व्यापार राम्रो हुन थालेको बताए।

गाउँगाउँमा रहेका साना रेष्टुराँमा पनि चहलपहल वढेको छ। भट्टले भने, ‘ठूला होटल रेष्टुराँमा पनि व्यवसाय बढ्ने अनुमान हाम्रो रहेको छ।’ एशोसिएशनकी उपाध्यक्ष अनुशा पाठकले आशातित् व्यापार भई नसके पनि सङ्केत राम्रो भएको बताए। सुनसानजस्तै भएकोमा क्रमशः मानिसको चहलपहल बढ्न थालेको पाठकको भनाइ छ।

बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ। मुख्यरुपमा अण्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन्। पोल्ट्री व्यवसायी शङ्कर कँडेलको भनाइमा अण्डा र मासुको माग बढेको छ। बीचको समयमा कुखुराजन्य पदार्थको माग घट्दा मूल्यमा कमी आएको थियो। अब क्रमशः पूर्ववत् अवस्थामा अण्डाको मूल्य फर्कने अवस्थामा रहेको छ।

बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन्। अण्डा उत्पादक कृषक मदन पोख्रेलले यसअघि प्रतिक्रेट ३ सय ३० रुपैयाँ मा बिक्री हुँदै आएको अण्डा आजदेखि  ३ सय ८० मा बिक्री हुन थालेको बताए। अण्डा दिए पछि बिक्री गर्ने माउ कुखुरा प्रतिकिलो  ११० बाट  १५० रुपैयाँ पुगेको छ । बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायी बताउँछन्। बीचको समयमा बर्डफ्लुका कारण कुखुरा मरेपछि यसको प्रभाव बजारमा देखिन थालेको हो। माग बढी र उत्पादन कमी हुँदा समस्या देखिएको व्यवसायी बताउँछन् । रासस


प्रकाशित : सोमबार, वैशाख १९ २०७९०४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend