शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्यमा सामान्य गिरावट 

आइतबार, वैशाख १८ २०७९
सुनको मूल्यमा सामान्य गिरावट 

आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ तोकिएको छ।

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य २ सय रुपैयाँ घटेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुन प्रतितोला २ सय रुपैयाँ घटेर ९९ हजार रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख १८ २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend