शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्कियो, विमानस्थल बन्द  

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १७ २०७९
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्कियो, विमानस्थल बन्द  

उडानका यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याउने तयारी रहेको र जहाजको परीक्षण प्राविधिक टोलीले गरिरहेको बुद्धले जानकारी दिएको छ। 

काठमाडौं- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उड्ने तयारीमा रहँदा बुद्ध एयरको जहाजको टायर पड्किएको छ।

जहाजको टायर धावनमार्गकै टायर पड्किएपछि अरु उडान पनि केहीबेर अवरुद्ध भएको थियो। यात्रु तथा उडान दलका सबै सदस्य सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ। 

उडानका यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याउने तयारी रहेको र जहाजको परीक्षण प्राविधिक टोलीले गरिरहेको बुद्धले जानकारी दिएको छ। 

'भैरहवाबाट काठमाडौं उडान नं. ८५६, भैरहवा विमानस्थलमा जहाज रोलिङका क्रममा टायर फ्लायटका कारण यात्रुहरूलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ । सो जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको छ' बुद्ध एयरले ट्विटर मार्फत् जानकारी दिएको छ। 

प्रकाशित : शनिबार, वैशाख १७ २०७९०९:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend