शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

वायुसेवा सञ्चालक र प्राधिकरणबीच सहमति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १६ २०७९
वायुसेवा सञ्चालक र प्राधिकरणबीच सहमति

जबरजस्ती रात्रीकालीन उडान गर्न खोजिए उडान नै ठप्प पार्ने उनीहरुले चेतावनी दिएका थिए। 

काठमाडौं- वायुसेवा सञ्चालक र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको छ। 

रात्रिकालीन उडान गर्नैपर्ने भनेर प्राधिकरणले निर्णय गरेपछि आन्दोलित भएका वायुसेवा सञ्चालकहरूले बिहीबार सरकार तथा प्राधिकरणलाई अल्टिमेटम दिएका थिए। 

जबरजस्ती रात्रीकालीन उडान गर्न खोजिए उडान नै ठप्प पार्ने उनीहरुले चेतावनी दिएका थिए। 

वायुसेवा सञ्चालकहरुको चेतावनीपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालकहरूबीचको वार्ताबाट कार्यदल गठन गर्ने सहमति भएको छ। 

कार्यदलले दिएको सुझाव अनुसार अघि बढ्ने दुबै पक्षबीच सम्झौता भएको छ।


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९१३:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend