शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

प्रतिस्थापन विधेयकको स्वागत गर्दै महासंघले भन्यो- बिलेट आयातमा बढेको अन्त:शुल्क पुरानै कायम हुनुपर्छ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ५ २०७८
प्रतिस्थापन विधेयकको स्वागत गर्दै महासंघले भन्यो- बिलेट आयातमा बढेको अन्त:शुल्क पुरानै कायम हुनुपर्छ

एमएस बिलेट ल्याई फलामे छड उत्पादन गर्दै आइरहेका उद्योगहरुको उत्पादन लागत बढन गई प्रतिष्पर्धा गर्न कठिन हुने देखिएको छ । त्यसैले फलामे छड उत्पादनको प्रक्रियामा अन्तःशुल्क सम्बन्धी पुरानै व्यवस्था कायम राख्न महासंघ सरकार समक्ष आग्रह गर्दछ ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको प्रतिस्थापन विनियोजन विधेयकको स्वागत गर्दै स्टिल बिलेट आयातमा बढाइएको अन्तशुल्क भने पुरानै दरमा हुने पर्ने माग गरेको छ।

व्यवसायीले लामो समयदेखि औद्योगिक कच्चा पदार्थमा भन्सार दर एक देखि दुई तह कम हुनुपर्ने माग राख्दै आएका थिए।  स्पन्ज आइरनमा भन्सार दर कम गरिएको छ।

यसले आद्योगिकीकरणमा सहयोग पुग्ने महासंघको ठहर छ। तर, महासंघले जारी गरेको विज्ञप्ती भनिएको छ, ‘ यो व्यवस्थासंगै एमएस बिलेट आयातमा अन्तःशुल्क थपिएको छ । यस परिवर्तनले एमएस बिलेट ल्याई फलामे छड उत्पादन गर्दै आइरहेका उद्योगहरुको उत्पादन लागत बढन गई प्रतिष्पर्धा गर्न कठिन हुने देखिएको छ । त्यसैले फलामे छड उत्पादनको प्रक्रियामा अन्तःशुल्क सम्बन्धी पुरानै व्यवस्था कायम राख्न महासंघ सरकार समक्ष आग्रह गर्दछ ।’

करको दर भन्दा दायरा बढाउने प्रतिस्थापन बजेटको प्राथमिकतालाई महासंघ स्वाागत गरेको छ। आर्थिक अनुशासन कायम गर्दै कोभिड खोप व्यवस्थापन गर्ने सरकारको तयारी सकारात्मक रहेको उनीहरुको ठहर छ।
 
‘निरन्तर बढिरहेको ब्यापार घाटालाई क्रमशः घटाउदै बैदेशिक व्यापार सन्तुलन गर्न तीन महिना भित्र योजना तयार गरिने उल्लेख गरिएको छ, जुन सकारात्मक छ,’ विज्ञप्तीमा भनिएको छ,‘ मुलुक अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुदा युरोप अमेरिका लगायतका बिकसित मुलुकमा निर्यात प्रभावित हुने देखिएको छ । यसबारे महासंघले अध्ययन गरेको छ । यसमा निजी क्षेत्रसंग सहकार्य गर्न महासंघ सरकारसंग आग्रह गर्दछ ।’ 


प्रकाशित : मंगलबार, असोज ५ २०७८१२:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend