काठमाडौं- बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १२ सय रुपैयाँले बढेको छ।
त्यसअघि बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार घटेको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदी २० रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।