शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

क्रिप्टो कारोबार हुने वेब र एप आफै खोज्न सकेन प्राधिकरणले, सूचना दिन सर्वसाधारणसँग आग्रह 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १६ २०७९
क्रिप्टो कारोबार हुने वेब र एप आफै खोज्न सकेन प्राधिकरणले, सूचना दिन सर्वसाधारणसँग आग्रह 

सकेसम्म आफै खोजेर नेपालमा कालोसूचीमा राख्न खोजिए पनि धेरै हुनसक्ने भन्दै प्राधिकरणले सर्वसाधारणसँग सूचनाको सहयोग गर्न आग्रह गरेको छ। सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले त्यस्ता साइटका बारेमा जानकारी दिन आग्रह गरेको छ।

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ हुने वेबसाइट तथा एप्लिकेसन आफै खोज्न असफल भएको छ। 

नेपालबाट विदेशी मुद्रा पलायन भइरहेको भन्दै केही समयअघि यस्तो कारोबार हुने एप तथा वेबसाइटलाई कालोसूचीमा राख्ने निर्णय भएको थियो। यही निर्णय अनुसार त्यस्ता साइट नेपालमा नचल्ने बनाउन खोजेको प्राधिकरण आफैले एथेस्ट जानकारी पाउन सकेको छैन। 

सकेसम्म आफै खोजेर नेपालमा कालोसूचीमा राख्न खोजिए पनि धेरै हुनसक्ने भन्दै प्राधिकरणले सर्वसाधारणसँग सूचनाको सहयोग गर्न आग्रह गरेको छ। सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले त्यस्ता साइटका बारेमा जानकारी दिन आग्रह गरेको छ।

'अनलाइन प्रविधि तथा भर्चुअल माध्यमहरुबाट हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित गतिविधिहरु गैरकानूनी तथा अपराधजन्य क्रियाकलाप भएकोले यस प्रकारका कार्यहरु नगर्न तथा नगराउनु हुन समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ। यस्तो कारोबार हुने वेबसाइट तथा एपका बारेमा जानकारी दिन आग्रह गर्दछौं' प्राधिकरणले भनेको छ। 

प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend