शुक्रबार, चैत १६ गते २०८०    
images
images

बाँकेमा पाँच सय पूर्वाधार योजनाको काम प्रभावित, सात अर्बको योजना ठप्प

images
बिजनेस न्युज
images
बाँकेमा पाँच सय पूर्वाधार योजनाको काम प्रभावित, सात अर्बको योजना ठप्प

चालु आर्थिक वर्षको अन्त्यतीर निर्माण व्यवसायीले काम ठप्प पारिदिएपछि स्थानीय तहमा बजेट खर्चसमेत प्रभावित हुने भएको छ।

images
images

बाँके- निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५ सयभन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन्।

images
images
images

मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब सात अर्ब रुप‌ैयाँ बढीका साना, ठूला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले बताए।

images

उनका अनुसार, निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी तहबाट भइरहेका पूर्वाधार निर्माणका काम ठप्प भएका छन्। निर्माण व्यवसायीले दैनिक जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएका छन्।

images
images

चालु आर्थिक वर्षको अन्त्यतीर निर्माण व्यवसायीले काम ठप्प पारिदिएपछि स्थानीय तहमा बजेट खर्चसमेत प्रभावित हुने भएको छ। बाँकेका आठ स्थानीय तहमा पूर्वाधार निर्माणका योजना कार्यान्वयनको अवस्थामा छन्। अहिले भइरहेको अप्रत्यासित मूल्य वृद्धिले निर्माण व्यवसायीले यथास्थितिमा काम गर्न नसक्ने भएकाले आन्दोलन गर्नु परेको सङ्घका वरिष्ठ उपाध्यक्ष लिलाराज उपाध्यायको भनाइ छ।

निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि आव २०७८/७९ को जिल्ला दररेटलाई आवश्यक संशोधन गरी नयाँ दररेटको निर्माण व्यवसायीले माग गर्दै आएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यसअघि नै निर्माण व्यवसायीलाई जिल्लाबाट हुनसक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको बताए। रासस

images

प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०५:१५
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ