शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

२० हजार अमेरिकी डलरसहित जहाजबाट पक्राउ परेका एक भारतीय नागरिकविरुद्ध मुद्दा 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १५ २०७९
२० हजार अमेरिकी डलरसहित जहाजबाट पक्राउ परेका एक भारतीय नागरिकविरुद्ध मुद्दा 

सजनानी गएको चैत १० गते फ्लाइ दुबइको जहाजबाट दुवइ जाने तयारीमा रहेको बेला अवैध विदेशी मुद्रासहित पक्राउ परेका थिए। 

काठमाडौं- राजस्व अनुसन्धान विभागले अवैध विदेशी मुद्रा लिएर नेपाल बाहिर जान लागेकाबेला जहाजबाटै पक्राउ परेका एक भारतीय नागरिकविरुद्ध मुद्दा दर्ता गराएको छ। 

विभागले भारतीय नागरिक सतिस परषोत्तम सजनानीविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय अपचलन कसुरमा मुद्दा दर्ता गरेको हो। 

सजनानी गएको चैत १० गते फ्लाइ दुबइको जहाजबाट दुवइ जाने तयारीमा रहेको बेला अवैध विदेशी मुद्रासहित पक्राउ परेका थिए। 

ब्यागेज परीक्षणको क्रममा उनीबाट २० हजार १५० अमेरिकी डलरसहित अन्य केही विदेशी मुद्रा भेटिएको थियो। उनीसँग भएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकले दिने सुविधाभन्दा धेरै भएकाले पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो। 

अनुसन्धानबाट  उनीसँग भएको विदेशी मुद्रा अवैध देखिएकाले मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ। २२ लाख ८८८ रुपैयाँ बिगो दाबी गर्दै विभागले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो। 


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९१३:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend