मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

२० हजार अमेरिकी डलरसहित जहाजबाट पक्राउ परेका एक भारतीय नागरिकविरुद्ध मुद्दा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १५ २०७९
images
images
२० हजार अमेरिकी डलरसहित जहाजबाट पक्राउ परेका एक भारतीय नागरिकविरुद्ध मुद्दा 

सजनानी गएको चैत १० गते फ्लाइ दुबइको जहाजबाट दुवइ जाने तयारीमा रहेको बेला अवैध विदेशी मुद्रासहित पक्राउ परेका थिए। 

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागले अवैध विदेशी मुद्रा लिएर नेपाल बाहिर जान लागेकाबेला जहाजबाटै पक्राउ परेका एक भारतीय नागरिकविरुद्ध मुद्दा दर्ता गराएको छ। 

images
images

विभागले भारतीय नागरिक सतिस परषोत्तम सजनानीविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय अपचलन कसुरमा मुद्दा दर्ता गरेको हो। 

images
images

सजनानी गएको चैत १० गते फ्लाइ दुबइको जहाजबाट दुवइ जाने तयारीमा रहेको बेला अवैध विदेशी मुद्रासहित पक्राउ परेका थिए। 

images
images
images

ब्यागेज परीक्षणको क्रममा उनीबाट २० हजार १५० अमेरिकी डलरसहित अन्य केही विदेशी मुद्रा भेटिएको थियो। उनीसँग भएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकले दिने सुविधाभन्दा धेरै भएकाले पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो। 

अनुसन्धानबाट  उनीसँग भएको विदेशी मुद्रा अवैध देखिएकाले मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ। २२ लाख ८८८ रुपैयाँ बिगो दाबी गर्दै विभागले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो। 


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९१३:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend