शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

ओली सरकारको नियुक्तिमा राजदूत भएका सबै फिर्ता बोलाइए

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ५ २०७८
ओली सरकारको नियुक्तिमा राजदूत भएका सबै फिर्ता बोलाइए

केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका राजदूतहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ।

काठमाडौं- केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका राजदूतहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारको निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत जापाल लगायत मुलुकका राजदूतहरु फिर्ता हुने छन्। भारतमा निलाम्बर आचार्य, चीनमा महेन्द्रबहादुर पाण्डे, अमेरिकामा युवराज खतिवडा, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन्। 

मन्त्रीपरिषद्ले कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृती प्रदान गर्ने र कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए।

मन्त्रीपरिषद् बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३. ५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता कार्कीले बताए।


प्रकाशित : मंगलबार, असोज ५ २०७८१२:४६
  • सम्बन्धित विषय:

  • # राजदूत
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend