आइतबार, जेठ ६ गते २०८१    
images
images

प्राधिकरणको महानिर्देशक बन्न ऐनमा के छ व्यवस्था?

images
मंगलबार, असोज ५ २०७८
images
images
प्राधिकरणको महानिर्देशक बन्न ऐनमा के छ व्यवस्था?

महानिर्देशक बन्नका लागि नेपाल नागरिक उड्डयन ऐन २०५३ को दफा १९ मा महानिर्देशक नियुक्तीको व्यवस्था अनुसार तहको व्यवस्थानै गरेको छैन।  

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्ने दौड सुरु भएको छ। वर्तमान महानिर्देशक राजन पोखरेलको कार्यकाल आगामी असोज ८ गते सकिँदै छ। पर्यटन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको मन्त्रिपरिषद् बैठकमा महानिर्देशक नियुक्तीको प्रस्ताव लैजाने तयारी गरेका छन्। 
 
महानिर्देशक बन्नका लागि नेपाल नागरिक उड्डयन ऐन २०५३ को दफा १९ मा महानिर्देशक नियुक्तीको व्यवस्था अनुसार तहको व्यवस्थानै गरेको छैन।  

images
images
images

ऐनअनुसार नेपाल सरकारका कर्मचारी सेवा वा प्राधिकरणमा बहाल रहेका कुनै पनि कर्मचारीलाई नियुक्ती गर्ने व्यवस्था गरेको छ। महानिर्देशको कार्यकाल चार वर्षको हुने व्यवस्था रहेको भए पनि सरकारले म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ। सरकारले चाहेमा हटाउन सकिने व्यवस्था समेत ऐनमा गरेको छ। 

images
caan 1 2.JPG

नयाँ महानिर्देशकको दौडमा पाँच जना देखिएका छन्। प्राधिकरणका दुई जना उपमहानिर्देशकले राजीनामा दिएका छन्। उपमहानिर्देशक देवानन्द उपाध्याय र नरेन्द्रबहादुर थापाले राजीनामा दिइसकेका छन्। अवकाशको समय नजिकिएसँगै उनीहरुले राजीनामा दिएका हुन्। 

दुबै जना उपमहानिर्देशक असोज ८ गते स्वतः अवकाश हुँदै छन्। प्राधिकरणका १२ औँ तहममा बढुवा भएपछि ६ वर्षसम्म काम गर्न पाइन्छ। सोही व्यवस्थाअनुसार उनीहरू असोज ८ गते स्वतः अवकाश हुने भएपछि केही दिन अगाडि नै पदबाट राजीनामा हुन्। 

images
images

प्राधिकरणमा अहिले १२ तहमा रहेको ६ जना मध्ये ३ जना असोज ८ गते अवकाश हुँदै छन्। त्यसमध्ये, राजन पोखरेल महानिनर्देशक छन्। पोखरेल पनि ८ गतेबाट अवकाश हुँदै छन्।  त्यसबाहेक १२ तहमा रहेका उपमहानिर्देशक राजकुमार क्षेत्री पुस २५ गते र भोला गुरागाइँ फागुन २७ अवकाश हुँदै छन्। 

images
images

छोटै समय बाँकी भए पनि राजकुमार क्षेत्री र भोला गुरागाइँ पनि महानिर्देशकको दौडमा छन्। यता राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको निर्देशनालयका निर्देशक प्रदिप अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारी महानिर्देशकको दौडमा छन्। साथै पर्यटन मन्त्रालयका सहसचिव तथा हवाई उद्याेग महाशाखा प्रमुख बुद्धसागर लामिछाने पनि दाैड छन्। सरकारले जिम्मेवारी दिए आफू पछि नहट्ने  उनकाे भनाइ छ।


प्रकाशित : मंगलबार, असोज ५ २०७८११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend