शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

गौतम बुद्धमा ‘अपरेशन डेमोस्ट्रेसन’ उडानको कमाण्ड गर्दैछन् प्रशिक्षक पाइलट श्रवण रिजाल

बिहीबार , वैशाख १५ २०७९
गौतम बुद्धमा ‘अपरेशन डेमोस्ट्रेसन’ उडानको कमाण्ड गर्दैछन् प्रशिक्षक पाइलट श्रवण रिजाल

३ बजे काठमाडौंबाट उडेको जहाज ४५ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयपछि ‘अपरेशन डेमोस्ट्रेसन’ उडान गर्दैछ।

व्यवसायिक उडान जेठ २ गतेबाट सुरु हुने भएपनि प्राधिकरणले आज अपरेशन डेमोस्ट्रेसन उडान गर्न लागको हो। नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाजमार्फत अप्रेशन डेमोस्ट्रेसन उडान हुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ बजे जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान गर्ने छ।

उडानको कमाण्ड नेपाल एयरलाइन्सका वाइडबडी जहाजको प्रशिक्षक पाइलट श्रवण रिजालले गर्ने भएको छन्। उडानमा रिजाललाई सुधीर तमोर र रमण घिमिरेले साथ दिँदै छन्। ३ बजे काठमाडौंबाट उडेको जहाज ४५ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ। जहाज पुनः ५ बजे नै काठमाडौं विमानस्थलमा अवतरण हुने तालिका रहेको छ।

यो नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने पहिलो वाइडबडीको जहाज तथा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीको पहिलो विमान हुनेछ। विमानस्थलको नयाँ रनवेमा ८ गतेबाट नै आन्तरिक उडान सुरु भइसेको छ। जेठ २ गतेबाट भने जजिरा एयरलाइन्सले सातामा ३ वटा उडान गर्नेछ।


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend