शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडान सुरु

images
बिजनेस न्युज
images
images
रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडान सुरु
images
images

रसुवा- उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा उपकरण जडान कार्य अगाडि बढेको छ।

images
images
images

आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात्  उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ।

images

राष्ट्रिय गौरवको जलविद्युत् आयोजना छिटो सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरत्र खटिएका छन्। भूमिगत संरचनाबाट निर्माण भइरहेको रसुवागढी आयोजनाको विद्युत्गृहमा जडान हुने तीन टर्वाइनलगायत आवश्यक उपकरण जडानमा भोइथ इण्डिया संलग्न रहेको छ। गत पुसदेखि उक्त कम्पनीले उपकरण जडान थालेको हो।

images

एक सय ११ मेगावाट क्षमताको आयोजनाका उपकरण जडान गर्न जिम्मा लिउको भोइथले दैनिक ४६ प्राविधिक परिचालन गरेको छ। दैनिक १२ घण्टा काम हुने गरेको छ । उपकरण जडानको ४० प्रतिशत पूरा भइसकेको छ। उपकरण जडान सम्पन्न गर्न अझै एक वर्ष लाग्ने रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताए।

images
images

विद्युत्गृह जाने भोटेकोसीस्थित तातोपानीमा पक्की पुलसमेत निर्माण गरी कटान रोक्ने काम अगाडि बढेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वातावरणीय प्रभाव मूल्याङ्कनले तोकेका समुदायमा आधारित कार्यसमेत सु–सम्पन्न गरिसकेको छ। रासस

images

प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०५:३१
प्रतिक्रिया दिनुहोस