शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सेयर लगानीकर्ताको हितमा सरकारको ध्यान छ : अर्थमन्त्री

मंगलबार, असोज ५ २०७८
सेयर लगानीकर्ताको हितमा सरकारको ध्यान छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। 

मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित जाँचबुझ समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले सेयर कारोबारमा ठूलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन्। 

उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रिया अगाडी बढाउने पनि बताए। जाँचबुझको प्रक्रियाले सेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे। 

‘नेपाल सरकारले यसको अध्ययन गरेर जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रियामा अगाडी बढ्ने कुरा पनि म जानकारी गराउन चाहान्छु। सेयर कारोबारमा आम जनता ठूलो संख्या सहभागी भइरहेको र सेयर कारोबार सम्बन्धी सूचनाहरु, त्यसको बारेमा जानकारीहरु कम हुँदाहुँदै पनि कारोबारमा ठूलो संख्या सहभागी भइरहेको सन्दर्भमा हाम्रो दायित्व ती सबै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्ने कुरा नै हो’, उनले भने, ‘यो प्रक्रियाले सेयर बजारलाई व्यवस्थित गर्ने, सुरक्षित गर्ने कुरामा थप मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। सर्वसाधारणको अहित नहोस् भन्ने कुरामा सचेत रहेको जानकारी गराउँछु।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कानूनविपरीत सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा खरिद गरेर विवादमा तानिएपछि सरकारले २०७८ भदौ १६ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो। समितिले मंगलबार अर्थमन्त्रीलाई प्रतिवेदन पेश गरेको हा । अर्थमन्त्री शर्माले प्रतिवेदन बुझ्दै आफूले प्रतिवेदन प्रधानमन्त्री समक्ष पु¥याउने र प्रतिवेदनको अध्ययनपश्चात आवश्यक प्रक्रिया अगाडि बढाइने बताए।


प्रकाशित : मंगलबार, असोज ५ २०७८११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend