शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

राष्ट्र बैंकको सुझाव अनुसार आयात रोक्ने सरकारको निर्णय सकारात्मक: गभर्नर अधिकारी 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १४ २०७९
राष्ट्र बैंकको सुझाव अनुसार आयात रोक्ने सरकारको निर्णय सकारात्मक: गभर्नर अधिकारी 

आयात नियन्त्रणका लागि आफ्नो क्षेत्राधिकार भित्र रहेर राष्ट्र बैंकले सुरुदेखि नै प्रयास गर्दै आएको र यसले पनि नहुने देखेपछि सरकारले आयातमा रोक लगाएको छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले आयात रोक्नका लागि गरेको निर्णय सकारात्मक र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। 

नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलनका लागि आयातमा रोक लगाउने कदम प्रभावकारी हुने उनको विश्वास छ। 

बाह्य क्षेत्र असन्तुलित हुँदै गएपछि राष्ट्र बैंकले सरकारलाई यसअघि दिएको सुझाव अनुसार आयातमा रोक लगाउने निर्णय भएकोमा उनले खुसी पनि व्यक्त गरेका छन्। 

आयात नियन्त्रणका लागि आफ्नो क्षेत्राधिकार भित्र रहेर राष्ट्र बैंकले सुरुदेखि नै प्रयास गर्दै आएको र यसले पनि नहुने देखेपछि सरकारले आयातमा रोक लगाएको छ। 

सरकारले आजदेखि नै विभिन्न वस्तुको आयातमा असार मसान्तसम्मका लागि आयातमा रोक लगाउने निर्णय गरेको छ। 

प्रकाशित : बुधबार, वैशाख १४ २०७९११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend