शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अर्थतन्त्रका बारेमा ढाकछोपमा नलागौं, गम्भीर भएनौँ भने दुर्घटनामा जानसक्छौँ: पूर्वगभर्नर रावल

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १४ २०७९
अर्थतन्त्रका बारेमा ढाकछोपमा नलागौं, गम्भीर भएनौँ भने दुर्घटनामा जानसक्छौँ: पूर्वगभर्नर रावल

गभर्नर निलम्बनको विषयमा बोल्दै रावलले आफूलाई पनि २० वर्षअघि सरकारले अन्याय गरेको र अहिले पनि त्यस्तै घटना दोहोरिएको बताएका थिए।

काठमाडौं- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावलले अहिले आएर अर्थतन्त्रका कमजोरी लुकाउन होइन सुधारका लागि लागिपर्नुपर्ने बताएका छन्। 

अमेरिका- चीन व्यापार युद्धबाट सुरु भएको अन्तर्राष्ट्रिय आर्थिक समस्या  कोरोना महामारी हुँदै अहिले युक्रेनमाथि रसियन आक्रमणका कारणले झनै नाजुक बन्दै गएको र त्यसको प्रभाव नेपालमा पनि देखिएको उनको भनाइ छ। 

नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वगभर्नर रावलले नेपालको अर्थतन्त्रमा समस्याहरू देखिएको र यसमा सबै गम्भीर हुनुपर्ने बताए। 

'यहाँ कुनै व्यक्तिका कारणले अर्थतन्त्रमा समस्या आएको होइन। अन्तर्राष्ट्रिय परिवेश र महामारी सिर्जित कारणले हो। तर संकटमा भने व्यवस्थापन भएन भने हो। जुन बिन्दुमा हामी छौं। यस्तोमा हामीले कमजोरी ढाकछोप गर्न हुँदैन' उनले भने। 

गभर्नर निलम्बनको विषयमा बोल्दै रावलले आफूलाई पनि २० वर्षअघि सरकारले अन्याय गरेको र अहिले पनि त्यस्तै घटना दोहोरिएको बताएका थिए। 'म पनि २० वर्षअघि पिडित भएको थिए। अहिले पनि गभर्नर अधिकारीलाई अदालतले फर्काएको छ' उनले भने। 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend