शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कुरकुरे, चिजबललगायतको आयातमा प्रतिबन्ध

बुधबार, वैशाख १४ २०७९
कुरकुरे, चिजबललगायतको आयातमा प्रतिबन्ध

भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा मात्रै कुल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेज आयात भएको छ।

काठमाडौं- कुरकुरे, चिजबल, लेजजस्ता खानेकुराको सौखिनहरुका लागि अब अप्ठेरो अवस्था आउने भएको छ। किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छ, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन थालेको छ। यही कुराको बाेध गर्दै नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ। 

भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा मात्रै कुल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता सामग्री आयात भएको पाइएपछि सरकारको आँखा यी पदार्थको आयातमा पुगेको हो।

पछिल्लो समयमा देशको आर्थिक अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका बेला सरकारले आजदेखि लागु हुने गरी ती सामग्री आयातमा प्रतिबन्ध लगाई मुलुकको आर्थिक स्वास्थ्य अवस्था सुधारको पहल थालेको हो। 

विदेशी मुद्राको सञ्चिति ६.७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यीलगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो। यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी उक्त सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो। भन्सार विभागका अनुसार बंगालादेश, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, ताइवान, अमेरिका र बेलायतबाट चिजबल, लेज, कुरकुरेजस्ता सामग्री आयात भएका छन्।


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend