शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्यमा सामान्य गिरावट

बुधबार, वैशाख १४ २०७९
सुनको मूल्यमा सामान्य गिरावट

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ।

काठमाडौं- बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ घटेर ९९ हजार रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend